गाेरखा- पालुङटार भच्चेक सडकखण्ड अन्तर्गत नयाँगाऊँदेखि सिरानडाँडासम्मको सडक कालोपत्रेको काम शुरु भएको छ ।
१३ दशमलव ८६ किलोमिटर सडकमध्ये नयाँगाऊँबाट भच्चेकतर्फको साे सडक कालाेपत्रे भएकाे हाे ।
भूकम्पपछिको पुननिर्माण परियोजनाको करीव ३३ करोड रुपैयाको लागतमा उक्त सडक कालोपत्रे हुन लागेको हो । कलोपत्रेको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ ।
लुईटेल भञ्ज्याङबाट नयाँगाऊँसम्मको सडक भने यसअघिनै कालोपत्रे भैसकेको छ । एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा भूकम्पीय आपतकालीन सहायता आयोजना अन्तर्गत करीव ३० किलोमिटर सडकको स्तरोन्तीको काम एक वर्षअघि सकिएको हो ।
नयाँगाउबाट भच्चेक बजारसम्मकाे सडकखण्ड छाेडेर भच्चेक-नम्कि-सिरानडाँडा सडकखण्ड कालाेपत्रे भएकाे हाे । याे सडक हालकाे अजि्रकाेट गाउपालिकाकाे कार्यालय भवन भन्दा केहि माथीबाट सुरू हुन्छ ।
अजिरकाेटकाे पहिलाे पक्कि सडक
अजिरकाेटकाे पहिलाे पक्कि सडकखण्डका रूपमा याे सडकले पाएकाे छ । २०६४/६५ पछि भच्चेकबजारमा सडक पुगेकाे भएपछि याे सडक गाउपालिका भरिकै पहिलाे पक्कि सडक भएकाे हाे ।
१९८.०५ वर्गकिलोमिटर क्षेत्रफल भएकाे अजिरकाेट गाउपालिकामा पहिलाे पक्कि सडकका रूपमा भच्चेक-नम्कि-सिरानडाँडा सडक भएकाे छ । याे सडकखण्डकाे काम समेत लामा कन्स्ट्रक्सनले पाएकाे छ ।
प्रतिक्रिया