काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोरोना प्रकोप फैलिन नदिन विद्यालय बन्द गर्नुपर्ने बताएका छन्।
कोरोना भाइरसको प्रकोप विश्वभर फैलिरहेको र खुला सीमाना भएको छिमेकी भारतमा समेत तीव्र रुपमा फैलिँदा नेपालतर्फ भने स्कुल कलेज बन्द नगरेर लापरवाही गरेको भन्दै भट्टराईले सरकारसँग असन्तुष्टि जनाएका छन्।
कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो?छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ?सत्ताधारी कमरेडहरूको ध्यान जाला?
— Baburam Bhattarai (@brb1954) March 14, 2020
परीक्षाभन्दा बालबालिका र विद्यार्थीको ज्यान ठूलो भएको बताउँदै उनले परीक्षा केही हप्ता पर सार्दा आकाश नखस्ने टिप्पणी गरेका छन्।
भट्टराईले शनिबार ट्वीटरमा लेखेका छन्, ‘कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो? छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ? सत्ताधारी कमरेडहरूको ध्यान जाला?’
प्रतिक्रिया