+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाबारे सचेत गराउन नेकपा गाेरखाले थाल्याे ‘घरदैलो अभियान’

4KNationalDaily
२०७६ चैत्र १, शनिबार २०:०४ बजे

गोरखा- कोरोना भाईरसबारे जनचेतना सचेत गराउन नेपाल कम्युनिष्ट पार्टी गोरखाले आज गोरखामा घरदैलो कार्यक्रम गरको छ ।

नेकपाको जिल्ला पार्टी कार्यलयबाट सुरुभएको सचेतना कार्यक्रममा कोरोना भाईरस के हो , यसका लक्षणहरु के के हुन्छन, कसरी बच्ने, परिक्षण कसरी गर्ने, उपचार के छ भन्ने बारेमा पर्चा सहित वितरण गरेर बजार परिक्रमा गरेको हो ।

विभिन्न पाँच समूहमा विभाजन गरेर पर्चा सहितको टोली, ठूलोआँगन, बसपार्क, नयाँबजार, हरमटारी, अस्पताल क्षेत्र, बराह लगायतका स्थानमा पुगेर आमजनसमुदायलाई यसबाट आफू सुरक्षित रहन र अरुलाई जोगाउन सचेत गराएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं जिल्ला पार्टी अध्यक्ष लेख बहादुर थापा मगर, केन्द्रीय सदस्य सुशिला सिंखडा, केन्द्रीय सदस्य अमर तमु , पार्टी सचिव प्रेम गुरुङ लगायत सयौंको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily