+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

4KNationalDaily
२०७६ चैत्र ४, मंगलवार १२:२५ बजे

काठमाडौं- सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ।

महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको ७५ हजार ५ सय रुपैयाँ तोकिएको छ। यसअघि सोमबार सुनको मूल्य तोलाको ७७ हजार ५ सय रुपैयाँ तोकिएको छ।

सुनको भाउ घटे पनि बजारमा कारोबार भने बढेको छैन। व्यवसायीका अनुसार सुन बजारमा अहिले मन्दी छ।

सुनको भाउ घटेको दिन चाँदीको मूल्य भने निकै ओर्लिएको छ। चाँदीको मूल्य तोलाको ८० रुपैयाँ घटेको छ। चाँदीको भाउ सोमबारका लागि ७१० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily