+
Search

ताजा अपडेट +

पपुलर +

चितवनमा कोरोना भाइरस नियन्त्रण गर्न ७२ घण्टाभित्र बन्दैछ यस्तो अस्पताल

4KNationalDaily
२०७६ चैत्र ४, मंगलवार १४:१४ बजे

चितवन- चितवनमा कोरोनाको संक्रमण भएका र आशंका गरिएका बिरामीलाई राख्न ७० शैय्याको अलग्गै अस्पताल बनाइने भएको छ ।

उद्योग संघ चितवनको निर्माणाधिन भवनमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

जिल्लास्थिति विभिन्न अस्पतालबाट आउका ंशंकास्पद बिरामी र संक्रमण भएका बिरामीलाई सो अस्पतालमा राखेर उपचार गरिने प्रजिय भट्टराईले बताए ।

अस्पताल बनाउन का लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको छ । भरतपुर कोरोना विशेष अस्पताल नाम दिइने यो अस्पतालमा ५० शैय्या साधारण बेड, १० शैय्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू राखिने छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा कोरोना रोकथाम तथा पूर्वतयारी समिति गठन गरिएको छ । यो समितिले जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि समन्वय गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily