+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा

4KNationalDaily
२०७६ चैत्र ४, मंगलवार १६:३२ बजे

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

बालुवाटार स्रोतका अनुसार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच केहीबेर अघिबाट भेटवार्ता सुरु भएको हो ।

मिर्गौला प्रत्यारोपण गरेर फर्केपछि प्रम ओलीसँग अध्यक्ष प्रचण्डले १ चैत्रमा प्रधानमन्त्री निवास बालुवाटारमै भेटवार्ता गरेका थिए।

२१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका ओली ३० फागुनमा डिस्चार्ज गरेर फर्केको भोलिपल्टै प्रचण्डले भेटघाट गरेका थिए।

त्यो भेटवार्तामा अध्यक्षद्वयबीच सल्ट्याउनु पर्ने राजनीतिक विषयवस्तुमा खासै कुराकानी भएको थिएन। ओलीको स्वास्थ्यलाभको कामना र राजनीतिक परिस्थितिबारे जानकारी गराएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily