+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजी श्रेष्ठ गुटमाथि बाबुराम भट्टराईको गम्भिर आराेप : ‘माके सिध्यायो, अब नेकपा सिध्याउँछ !’

4KNationalDaily
२०७६ चैत्र ६, बिहीबार १३:५२ बजे

काठमाडौं- समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अन्तिम समयमा आएर एसईई परीक्षा स्थगित गरेको प्रति आपत्ति जनाउँदै नेकपाका प्रवत्तासमेत रहेका नारायणकाजी खेमाप्रति कडा शब्दप्रहार गरेका छन् ।

पूर्वसहकर्मी समेत रहेका नाराणकाजी श्रेष्ठ र उनको समुहप्रति कटाक्ष गर्दै ओली सरकारलाई श्री ३ को संज्ञा दिएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिदै सरकारमा रहेको नारायणकाजी गुटले नेकपा नै सिध्याउने दावी गरेका छन् ।

‘यो काजी गुटको काम सधैँ शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने, गुट चलाउने हो, माके सिध्यायो अब नेकपा सिध्याउँछ’, भट्टराईले ट्वीटरमा नेकपाभित्र खासगरी नारायणकाजी गुटमाथि क्षेप्यास्त्र प्रहार गरेका छन् ।

उनले एसईई परीक्षा स्थगित नै गर्नु थियो भने केही दिन पहिला गरेको भए विद्यार्थी र अभिाभवक तनावमुक्त हुने तथा अनावाश्यक खर्च र दुःख पाउने थिएनन् भनेका छन् ।

‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झै अघिल्लो दिन हैन, केही दिन पहिला परीक्षा रोके होलान् यति कुरो केही दिन पहिला गरेको भए विद्यार्थी, अभिभावक कति तनावमुक्त हुन्थे ’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily