काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई बुधबार साँझ शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका थिए ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य रोशन पोखरेलले भट्टराईको स्वास्थ्य परीक्षण गराउँदा सबै रिपोर्ट सामान्य आएकाले केहीबेरमा डिस्चार्जको तयारी भएको बिहीबार दिउँसो रातोपाटीलाई जानकारी दिए ।
‘गंगालालमा एन्जियोग्राफी गराउँदा सामान्य रहेको र उक्त परीक्षण पश्चात हस्पिटलमै आराम गर्दा राम्रो हुने चिकित्सकको राय अनुसार अस्पतालमै रहनु भएको हो’, उनले भने, ‘उहाँको केहीबेरमै डिस्चार्ज हुँदैछ ।
भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ टोखास्थित निवासबाट गंगालाल पुगेका थिए । गंगालाल अस्पतालको बसाइको क्रममा उनले नेकपा नेता नारायणकाजी श्रेष्ठ समूहलाई लक्षित गरेर कडा ट्वीट गरेका थिए ।
प्रतिक्रिया