+
Search

ताजा अपडेट +

पपुलर +

नुन ,चिनीजस्ता वस्तुको अभाव छैन : उद्योगमन्त्री भट्ट

4KNationalDaily
२०७६ चैत्र ६, बिहीबार २०:१४ बजे

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न अभाव नहुने भएकाले ढुक्क हुन आग्रह गरेका छन्।

मन्त्री भट्टले नुन १० महिना, चिनी ३ महिना र औषधि ८ महिनालाई पुग्ने मौजात रहेको जानकारी गराए।

बजारमा ग्यासको अभाव भएको गुनासो बढिरहेका बेला मन्त्री भट्टले मागभन्दा बढी ग्याँस आपूर्ति भइरहेको दाबी गरे।

कालोबजारी गर्नेहरुलाई कारबाही गरी हालसम्म ५६ लाख ३० हजार रुपैयाँ संकलन भएको मन्त्री भट्टले जानकारी दिए। कालोबजारी ऐनअनुसार यसमा संलग्नहरुलाई हदैसम्मको कारबाही गरिने मन्त्री भट्टको भनाइ छ।

खाद्यान्न सहजताका लागि सरकारले उपत्यकाका विभिन्न पाँच ठाउँमा खाद्यान्न पसल खोल्ने तयारी भएको उनले बताए।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास बढ्दै गएपछि नेपालमा त्यसको अवस्थाको बारेमा जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले यस्तो जानकारी गराएका हुन्।

मन्त्री भट्टले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक-दुई दिनमै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खाद्यान्न पसल खोल्न लागेको जानकारी दिए। मन्त्री भट्टले ४ देखि ६ महिनासम्मका लागि पर्याप्त खाद्यान्न रहेको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily