काठमाडौं- नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका छन् ।
अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् ।
उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।
दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अन्यत्र ट्रान्जिट बनाएर आएका हुन् ।
यसअघि यसरी आउने विदेशी नागरिकहरुलाई फर्काउने गरिएको थियो ।
प्रतिक्रिया