काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) डिसेम्बरको अन्तिममा चीनको वुहानबाट सुरु भएको हो।
तर, अहिले यो भाइरस लगभग दुई सय देशमा फैलिसकेको छ। कोरोनाका विषयमा अनेक खालका अफवाहसमेत फैलिएका छन्।
यसका कारण मानिसको मनमा अनेक खालका प्रश्न उठेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
गर्मी लागेपछि कोरोनाको संक्रमण अन्त्य हुने दाबी धेरै देशका मानिसले गरिरहेका छन्। कोरोना भाइरस ६० देखि ७० डिग्री सेल्सियसको तापत्रममा पनि नष्ट हुन सक्दैन।
केही भाइरस तापमान बढेपछि नष्ट हुन्छन्, तर कोरोना भाइरसमा बढ्दो तापक्रमले के असर हुन्छ त?
बेलायती डाक्टर सारा जार्बिसका अनुसार सन २००२ को नोभेम्बरमा सार्स महामारी सुरु भयो, जुन महामारी जुन/जुलाइमा नियन्त्रणमा आयो। तर, यो तापक्रममा आएको परिवर्तनको कारण भयो या अन्य कुनै कारणले, त्यो भन्न गाह्रो छ।
भाइरसबारे अुनसन्धान गर्ने अर्का डाक्टर परेश देशपाण्डेका अनुसार गर्मी समयमा हाछ्युँ गर्दा आएको थुकको छिटा भुँइमा झरेर चाँडै सुक्ने हुनाले संक्रमण फैलिने सम्भावना कम हुन्छ।
फ्लु या भाइरस गर्मीयाममा शरीरबाहिर रहन सक्दैन, तर हामीलाई यो थाहा छैन कि, कोरोना भाइरसमा गर्मीले कस्ता असर गर्छ।
अमेरिकी नेसनल इन्स्टिच्युट एन्ड हेल्थले आफ्नो अध्ययनमा थुकको कणमा भाइरस तीन चार भन्टासम्म जिउँदो रहने तथ्य फेला पारेको छ।
भाइरस हावामा समेत बाँच्न सक्छ। तर, यदि ती कण ढोकाको ह्यान्डल, लिफ्ट बटनजस्ता धातुको सतहमा ४८ घन्टासम्म जीवित रहन सक्छ।
प्रतिक्रिया