+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले भन्याे- ‘कोभिड-१९ शंकास्पद व्यक्ति भेटिए नियन्त्रणमा लिएरै भए पनि उपचार गरिने छ’

4KNationalDaily
२०७६ चैत्र ९, आईतवार ०७:५१ बजे

काठमाडाैँ- सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने भएको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा भएका हाल सम्मका गतिविधिको समीक्षा गर्दै शनिबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर भए पनि क्वारेन्टाइन, आइसोलेसन र उपचारमा पठाइने बताए ।

कोभिड–१९ का कारण आउनसक्ने सम्भावित जोखिम बहन गर्न छ वटा कार्यदल गठन गरिएकाे छ ।

उच्च तहको राजनीतिक, सामाजिक समन्वयका लागि पनि कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

यस्तै क्वारेन्टाइन व्यवस्थापन सम्बन्धी कार्यदलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई छन् भने बिरामी व्यवस्थापन टिमको गृह मन्त्रालयले समन्वय गर्नेछ ।

सञ्चार तथा सूचना व्यवस्थापन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य सामग्री आपूर्तिका लागि परराष्ट्र मन्त्रालय, आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थापन र कार्यान्वयन अनुगमन उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले संयोजन गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily