+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा कोरोना संक्रमण : आत्तिनुपर्ने अवस्था छैन, तर सचेत बनौं!

4KNationalDaily
२०७६ चैत्र ९, आईतवार १०:२२ बजे

काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड-१९) को महामारीसँग जुध्न मत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन।

७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो। तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ। प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना आउने गरेको छ।

तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिएकाे खबर आजको राजधानी दैनिकमा प्रशास्त वलीले लेखेका छन्।

प्रयोगशालाले ‘नेजल स्वाब’ र ‘थ्रोट स्वाब’ को नमुनाबाट परिक्षण गर्दै आएको छ। हाल २५ जनाको कोरोना परीक्षण भइरहेको छ।

चीनबाट आएका एक नेपालीलाई दुई महिना अघि कोरोना पोजेटिभ देखिएको थियो । उनको रिपोर्ट हङकङ पठाइएको थियो । पुनः कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि हालसम्म कुनै पनि नेपालीलाई कोरोना पोजेटिभ नभएको प्रयोगशालाले जनाएको छ।

यसैबीच, चिकित्सकहरूले कोरोना भाइरस संक्रमणको जोखिम रहे पनि आत्तिइहाल्नुपर्ने अवस्था नभएको सुझाव दिएका छन् । तर, सतर्कता भने अपनाउनुपर्ने चिकित्सकको भनाइ छ।

नेपालमा केन्द्रीय प्रयोगशालाका रूपमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हँुँदै आएको छ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । सतर्कता पनि अपनाउनुपर्छ।’

सरुवा रोग अनुसन्धान विशेषज्ञ प्राडा जीवनबहादुर शेरचनले भने, ‘आतंकित हुनुपर्ने अवस्था छैन । नेपालमा भाइरस सक्रिय हुने वातावरण नभएर पनि संक्रमण नभएको हुन सक्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily