+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले कोरोनाभाइरसको सूचना लुकाउँदैन : स्वास्थ्यमन्त्री ढकाल

4KNationalDaily
२०७६ चैत्र १०, सोमबार १४:०३ बजे

काठमाडौं-   स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस बारेको सूचना वा समाचारलाई सरकारले नलुकाउने बताएका छन् ।

सोमबार मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै मन्त्री ढकालले कोरोनाभाइरसको संक्रमण वा यससम्बन्धी सूचनाहरु नलुकाइ पारदर्शी ढङ्गले जनतासामु ल्याउने बताएका हुन् ।

सरकारले सोमबारदेखि नै भारत र चीनका दुबै सिमानाका बन्द गराएको छ भने कोरोनाको संक्रमणबाट बच्न र त्यसको तयारी गर्न ५० करोड रुपैयाँ छुट्याएको छ ।

सीमानाका बन्द गर्दा अत्यावश्यक सामग्रीहरुको पनि अभाव हुन सक्नेतर्फ संकेत गर्दै स्वास्थ्यमन्त्री ढकालले कुनै सामान अपुग भएमा प्लेनबाटै सामान आयात गर्नेगरी प्लेनसमेत स्ट्याण्डबाई राखिएको बताए ।

अहिले समय अलि प्रतिकूल भएको कारण सूचना प्रवाहमा सरलता नभए पनि सरकारले सूचना नलुकाउने भन्दै कोरोना भाइरसले कसैलाई आक्रमण गरेमा वा पोजिटिभ देखिएमा पारदर्शी भएरै सूचना बाहिर ल्याउने उनले बताए ।

उनले भने ‘पोजिटिभ देखिएमा सूचना लुकाउने कुरा नै आउँदैन, राज्यले सूचना लुकाउँदैन । यो पारदर्शी ढङ्गले बाहिर आउँछ ।’

यसबीच फ्रान्सबाट नेपाली आएकी एक विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily