+
Search

ताजा अपडेट +

पपुलर +

काेराेना कहर : सुनसान बन्दै ‘नयाँ बसपार्क’

4KNationalDaily
२०७६ चैत्र १०, सोमबार २१:२७ बजे

काठमाडौं- राष्ट्रिय बसपार्कका रुपमा रहेको गोगँबुस्थित नयाँ बसपार्क सुनसान बन्दै गएको छ ।

सरकारले विश्वमा फैलिँदै गएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै यही चैत १० देखि २१ गतेसम्म सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरेसँगै आजदेखि नयाँ बसपार्क सुनसान बनेको हो ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर अधिकांश बस यात्रु बोकेर काठमाडौँ बाहिर गएकाले नयाँ बसपार्क सुनसान बन्दै गएको बताए ।

‘नयाँ बसपार्कभित्र रहेका अधिकांश बस आज बिहानसम्म यात्रु बोकेर उपत्यका बाहिरिएका छन्’ उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पाँच दिनमा सात लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकांश व्यक्ति घर फर्कंदा काठमाडौँका सडक सुनसान बन्दै गएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily