काठमाडौं- सागर लम्साल ‘बले’ र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन्। पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको यि जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन्।
लोकप्रीय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको ‘बाजा बजाउँदै’ बोलको म्युजिक भिडियोमा सागर र पृज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बूको पनि अभिनय रहेको छ।
सुजाता केसी र अर्जुन पोख्रेलको आवाज अनि पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन्।
भिडियो द डिभाइन म्युजिकको युटुबबाट सार्बजनिक गरिएको हो।
भिडियाे
प्रतिक्रिया