+
Search

ताजा अपडेट +

पपुलर +

‘काेराेना विरामी’ भनिएका गाेरखाका युवक भन्छन्- ति युवती र म एउटै फ्लाइटमा आएका होइनौं

4KNationalDaily
२०७६ चैत्र ११, मंगलवार १०:२० बजे

गाेरखा- गाेरखामा काेराेनाकाे विरामी भेटिएकाे खबर गलत भएकाे बताइएकाे छ ।

काेराेनाकाे अाशंका गरिएका जिल्लाकाे धावाका ति युवक फ्रान्सबाट कतार हुँदै अाएकि ‘ति युवति’काे साथमा नअाएकाे बताएका छन् ।

उनले भनेका छन् ‘म कतार एयरवेजबाट काठमाडौं आएको हुँ। म यही चैत ६ गते विहान १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान अवतरण भएको थिएँ। तर ति काेराेना संक्रमित यसवतिकाे साथमा अाएकाे हाेइन् ।’

‘चैत ४ गते काठमाडौं आएको भन्ने हल्ला चलेको रहेछ’ उनले भने ‘म र काठमाडौंमा कोरोनाको संक्रमणपछि उपचार गराइरहनु भएकी युवती एउटै फ्लाइटबाट काठमाडौं आएको भन्ने हल्ला चलेपछि मेरा शुभचिन्तक र आफन्तले धेरै नै फोन गर्नुभयो।’

उनले भनेका छन् ‘मेरो गाउँका एकजना स्वास्थ्यकर्मीले म चैत ४ गते अर्थात मार्च १९ तारिखमा काठमाडौं आएको भनेर लेख्नुभएछ। म चै ६ गते १९ तारिख आएको हुँ। ४ गते १७ तारिख थियो।’

उनी १० वर्षदेखि पोर्चुगल बसोबास गरिरहेको बताएका छन् । भन्छन् ‘ म१० बर्षदेखि पाेर्चुगलमान बस्दै अाएकाे छु । म नेपाल आउनुअघि उत्तरी पोर्चुगलमा कोरोना देखिएको भन्ने खबर आएको थियो। म पश्चिममा बस्छु।’

उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण विवरण भरेको दावी गरेका छन् । भन्छन् ‘काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्पूर्ण विवरण भरेकोछु । त्यहाँबाट पनि बुझ्न सकिन्छ।’

उनले अाफु शिक्षित मान्छे भएकाे भन्दै भनेका छन् ‘म शिक्षित मान्छे हुँ। विश्वव्यापी रुपमा फैलिएको यो माहामारीको कुनै संकेत देखिएको भए स्वास्थ्यकर्मीको सम्पर्कमा आफैँ जान सक्थेँ। मेरो बारेमा गलत हल्ला चलेको हो।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily