+
Search

ताजा अपडेट +

पपुलर +

चिनियाँ कम्पनीले दियो नेपाललाई २ हजार किट उपहार

4KNationalDaily
२०७६ चैत्र १३, बिहीबार ०७:४१ बजे

काठमाडौं- चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो ।

व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा कोरोनाको पर्याप्त परीक्षण हुन नसकेकोतर्फ ध्यान दिँदै किट उपलब्ध गराइएको जनाएको छ ।

‘किट सहयोग नेपाल–चीनबीचको भातृत्वको भाव हो,’ कम्पनीका अध्यक्ष हरिप्रसाद ढुंगानाले एपीडी न्युजलाई भनेका छन् ।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार, उपहारस्वरूप प्राप्त किट बिहीबार तिब्बत पुर्याइने छ । त्यहाँबाट भने स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी छ ।

सरकारलाई उपहारस्वरूप उपलब्ध गराइएको किट ३० हजार अमेरिकी डलर मूल्यबराबर रहेको र यसले २ हजार मानिसको स्वास्थ्य परीक्षण गर्न सकिने एपीडी न्युजले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily