काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिर्जित मानवीय संकटको एकजुट भएर सामना गर्न सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन गर्दै भनेका छन्, ‘कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं । हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।’
उनले बिहीबार गरेको ट्वीटमा भनेका छन्, ‘तपाईहरुकै सिफारिसका थप सामग्री उपलब्ध हुँदैछन्, धैर्य गरौं ।’
प्रतिक्रिया