+
Search

ताजा अपडेट +

पपुलर +

बेलायतका प्रधानमन्त्री जोनसनलाई पनि कोरोना संक्रमण

4KNationalDaily
२०७६ चैत्र १४, शुक्रबार १९:१९ बजे

काठमाडौँ- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ ।

जोनसनले ट्वीटरमा भिडियो पोष्ट गरेका छन्, जसमा आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताएका छन् ।

मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको भन्दै उनले भनेका छन्, म घरबाटै काम गरिरहेको छु ।’

आफ्नो सरकारी निवासमा आइसोलेसनमा बसे पनि भिडियो कन्फरेन्स मार्फत् कोरोनाभाइरस विरुद्धको लडाइँ लगायत सरकारका कामकारबाहीको नेतृत्व गर्ने जोन्सनले बताएका छन् ।

आधुनिक प्रविधिको सहयोगमा आफ्नो नेतृत्वको सरकारले भाइरसलाई छिट्टै परास्त गर्न सक्ने उनले बताएका छन् । जोन्सनका अनुसार उनमा हिजोदेखि ज्वरो र खोकी लगायतका लक्षण देखिएका थिए । यद्यपि केही दिन अगाडि नै उनका एक प्रवक्ताले जोन्सनलाई सन्चो नभएको बताएका थिए ।

वरिष्ठतम मन्त्रीका हैसियतमा परराष्ट्रमन्त्री डोमिनिक राबलाई जोन्सनपछिको जिम्मेवारी समेत तोकिएको थियो । ५५ वर्षे जोन्सन बिहीबार राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सहभागी भएका थिए ।

बेलायतमा हालसम्म करिब १२ हजार कोरोनाभारस संक्रमित छन् भने पाँच सय ७८ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily