+
Search

ताजा अपडेट +

पपुलर +

भारतबाट आएका गाडीलाई कालीमाटी प्रवेशमा रोक, खुला रूपमा तरकारी र फलफूलको बिक्री वितरण गर्न नपाइने

4KNationalDaily
२०७६ चैत्र १६, आईतवार १९:१८ बजे

काठमाडौं- कालीमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका छन्।

बजार परिसरभित्र देश बाहिरबाट कृषि उपज लिई आउने ढुवानीका साधनमार्फत् कोरोना संक्रमण गर्ने भाइरस तथा संक्रमित व्यक्ति पनि प्रवेश हुन सक्ने भन्दै त्यसको नियन्त्रण गर्न त्यस्ता सामान तथा ढुवानीका साधनलाई मंगलबारबाट बजार प्रवेशमा रोक लगाइने भएको हो।

कोरोना भाइरसको महामारीको विषम परिस्थितिलाई नियन्त्रण गर्ने उद्देश्यले तथा बजार क्षेत्रभित्र हुने भिडभाडलाई कम गरी सामाजिक दुरी कायम गर्न भन्दै आईतबार कालीमाटी बजार फलफूल तथा तरकारी बजार विकास समिति, स्थानीय निकाय, सुरक्षा निकाय तथा सरोकारवालासहितको संयुक्त बैठकबाट यस्तो निर्णय भएको हो।

त्यस्तै बजार परिसर भित्र मोटरसाइकल तथा साइकल जस्ता दुईपांग्रे सवारी साधनलाई पनि प्रवेश निषेध गरिएको छ। यस्ता सवारी साधन लकडाउन अवधिभर बजारको प्रवेशद्वारभन्दा बाहिर नै पार्किङ गर्ने व्यवस्था मिलाइएको बजार विकास समितिले जनाएको छ।

लकडाउन अवधिका लागि कालीमाटी बजार खुल्ने र बन्द हुने समयमा पनि हेरफेर गरिएको छ।

कालीमाटी थोक बजारको कोराबार गर्ने समयावधि बिहान २ वजे देखि बिहान ७ बजेसम्म र खद्रा बजारको कारोबार तथा कृषक बजारका लागि बेलुका ५ बजेदेखि बेलुका ७ बजे सम्म मात्र तोकिएको छ।

कालीमाटी बजारभित्र थोक कारोबारमा संलग्न व्यवसायीहरूले कृषि उपजको कारोबार गर्दा जस्तो अवस्थामा प्याकेजिङ्ग भएर आएको छ सोही अवस्थामा मात्र कारोबार गर्नुपर्नेछ। व्यापारीहरूले तरकारी तथा फलफूलको खुल्ला बिक्री वितरण गर्न पाउने छैनन्।

सुचना

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily