+
Search

ताजा अपडेट +

पपुलर +

एक महिनाको घरभाडा नलिन सरकारको आग्रह

4KNationalDaily
२०७६ चैत्र १७, सोमबार ०७:४४ बजे

काठमाडौं- सरकारले कोरोना (कोभिड–१९) का कारण सिर्जित आपतकाल अवधिमा शिक्षा, स्वास्थ्य तथा घरबहाल लगायतका विषयमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ।

मन्त्रिपरिषदको बैठकपछि अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन्।

उनले असंगठित क्षेत्रमा कार्यरत शहरी क्षेत्रका कामदारका लागि एक महिनाको घरभाडा मिनाहा गर्न सरकारले आग्रह गर्ने जानकारी दिए।

‘यसरी मिनाहा गरिएको घरभाडामा घरवहाल कर नलिने व्यवस्था गर्ने निर्णय भएको छ,’ खतिवडाले भने।

सरकारले निजी विद्यालयले आवास शुल्कबाहेक अन्य सबै शुल्क छुट दिने व्यवस्था मिलाउने भनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily