+
Search

ताजा अपडेट +

पपुलर +

प्रियंका भन्छिन् ‘घरमै बसेर तातोपानी पिउनुस्’

4KNationalDaily
२०७६ चैत्र १७, सोमबार ०७:५९ बजे

मुम्बई- कोरोना भाईरस सँक्रमणको आसंकामा बलिउड अभिनेत्री प्रियँका चोपडाले आफ्नो पतिसँग १४ दिनको आईसोलेसन घरमै पुरा गरेको बताएकी छिन् ।

बिदेश यात्राबाट आएपछि उनी १५ दिन अघि आफ्ना श्रीमान निक जोनसोनसँग घरमै क्वारेन्टाईनमा थिईन् ।

यात्राको क्रममा आफुलाई कोरोना भाईरस (कोभिड १९) सरेको हुनसक्ने भन्दै उनी आफ्ना पतिका साथ सेल्फ क्वारेन्टाईनमा बसेकी थिईन् ।

यो अबधिमा आफुले सेल्फ क्यारेन्टाईनबाट युनिसेफसँग जोडिएर कोरोना बिरुद्धको सेचतना फैलाएको पनि यी बताएकी छिन् ।

आफ्नो इन्स्टाग्राम, फेसबुक मार्फत लाईभ आएर यी अभिनेत्रीले कोरोना भाईरस बिरुद्ध जोगिने उपायहरुबाट सन्देश सम्प्रेषण गरिरहेकी थिईन् । युनिसेफको सहकार्यमा आफुले सामाजिक सञ्जाल मार्फत कोरोना बिरुद्धको सचेतना फैलाउने कार्य गरिरहेको यी अभिनेत्रीले बताएकी छिन् ।

यतीबेला भारत, नेपाल लगायत धेर देश लड डाउनको अबस्थामा छ । सबैजना घरमा बसेर आफुलाई सुरक्षित राख्न प्रयासरत छन् । यसै क्रममा अभिनेत्री प्रियँकाले एक भिडियो बनाएर घरमा रहँदा कसरी व्यायाम गर्ने भन्नेबारे जानकारी गराएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily