+
Search

ताजा अपडेट +

पपुलर +

वीर अस्पतालमा पनि कोरोना आशंका गरिएकी एक महिलाको मृत्यु

4KNationalDaily
२०७६ चैत्र १७, सोमबार १७:२४ बजे

काठमाडौँ- कोरोना आशंकामा वीर अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी चन्द्रागिरीकी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । ती महिलालाई आजै अर्थात सोमबार मात्र वीर अस्पताल लयाइएको स्रोतले बताएको छ ।

मृतक महिलाको स्याम्पल टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको बताइएको छ । उच्च ज्वरो आएपछि ती महिलालाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतको भनाइ छ ।

यस विषयमा महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख सुनिलजंग साहले आइसोलेसनमा राखिएको एक महिलाको मृत्यु भएको पुष्टि गरे । उनले भने, ‘कोरोनाकै कारण मृत्यु भएको हो, होइन भन्न सकिन्न ।’

यसअघि कोरोना आशंकामा ललितपुरस्थित पाटन अस्पतालमा पनि धादिङ खनियावासका तामाङ थरको ३५ वर्षीय युवकको आइतबार मृत्यु भएको थियो । तामाङको नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily