गोरखा- जिल्लाकाे शहिद लखन गाउँपालिका वडा नम्बर ९ मा वडा छिर्ने नाकमा सालको रुख ढालेर सार्वजनिक बाटो अबरुद्ध गरिएको छ ।
शहिद लखन प्रवेश गर्ने फुजेल खोला र भिमसेन थापा गाउँपालिका सिमा नाका बन्द गरिएको स्थानीयले बताएका छन् ।
कोरोना भाईरसको संक्रमणलाई भित्रन नदिन भन्दै बाटोको आबतजावत बन्द गरेको उनीहरुको तर्क रहेको छ।
यसरी बाटो अबरुद्ध गरी आबतजावत बन्द गर्नु अमानवीय कार्य भएको कतिपयको भनाई रहेको छ ।
‘कोरोना भाईरस बारे जनचेताना फैलाउने हो यस्तो हर्कत गर्नुहुन्’, एक स्थानीयले गुनासो गरे। ‘मानिसलाई आकस्मात समस्या पर्दा, विरामी पर्दा अस्पताल हिडाउने कि अबरुद्ध बाटो खोल्दे भन्दै हिड्ने ?’ उनले भने, ‘यो सरासर गलत काम हो।’
यस विषयमा गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरसंग बुझ्दा उनले यस्तो कार्य गलत भएको प्रतिक्रया दिए । यस्तो कार्य गर्ने माथि के हुन्छ जिज्ञासामा अध्यक्ष थापा मगरले भने, ‘के भएको रहेछ बुझेर आवस्यक निर्णय लिन्छु।’
जिल्लाको शहिद लखन गाउँपालिकामा मात्रा होइन गण्डकी गाउँपालिका छिर्ने नाकामा समेत स्थानिय केहि समुहले पुल/सार्वजनिक बाटोघाटो बन्द गराएका आउजाउनै अबरुद्ध पारेका छन्।
प्रतिक्रिया