+
Search

ताजा अपडेट +

पपुलर +

७ आरोपसहित स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

4KNationalDaily
२०७६ चैत्र १९, बुधबार १५:२२ बजे

काठमाडौं- स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

बजार दरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी दिएका हुन्।

विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्‍यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्दै उजुरी दिएका हुन्।

पौडेलले अख्तियारको वेबसाइटमार्फत उजुरी दिएको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily