+
Search

ताजा अपडेट +

पपुलर +

चीनबाट स्वास्थ्य सामग्री ल्याउने ओम्नी समुहसँगको सम्झाैता रद्द, ५ करोड धराैटी जफत

4KNationalDaily
२०७६ चैत्र १९, बुधबार १६:४७ बजे

काठमाडौं- सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ।

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो।

सरकारले सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको सो विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए।

सरकारले ओम्नी समुहसँग चीनबाट मेडिकल सामाग्री आपूर्तिको लागि गरेको सम्झौतामा अनियमिता गरेको भन्दै सरकारको आलोचना भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily