काठमाडौं- नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।
बुधबार ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको आजै बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।
आन्तरिक उडान तर्फको हवाई ईन्धन प्रतिलिटर १५रुपैयाँले घटेर ७५रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ । यस्तै बाह्यतर्फ हवाई इन्धनको प्रतिलिटर मूल्य भने अमेरिकी डलर ०.९५ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ ।
प्रतिक्रिया