+
Search

ताजा अपडेट +

पपुलर +

डा बाबुरामको प्रश्न- महामारीमा पनि करोडौं भ्रष्टाचार गर्ने कमरेडहरूको लाज खोइ?

4KNationalDaily
२०७६ चैत्र २०, बिहीबार १५:५५ बजे

काठमाडौं- पूर्व प्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टी, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले महामारीको बेलामा पनि स्वास्थ्य सामग्री खरिदमा करोडौंको भ्रष्टाचार गर्ने कमरेडहरूको लाज खोइ? भन्दै प्रश्न गरेका छन्।

बुधबार साँझ एक ट्विट गर्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले यस्तो प्रश्न तेर्स्याएका हुन्।

‘महामारीको बेलामा पनि स्वास्थ्य सामाग्री खरिदमा करोडौंको भ्रष्टाचार गर्ने कमरेडहरूको लाज खोइ?,’ उनको ट्विटमा लेखिएको छ।

यस्तै उनले मातृभूमि फर्कन ज्यान जोखिममा राखेर नदीमा हाम्फाल्ने नागरिकको तस्बिर राख्दै लेखेका छन्, ‘आफ्नो मातृभूमि फर्कन ज्यान जोखिममा राखेर नदीमा हाम्फाल्ने नागरिक नांगो कि आफ्ना नागरिकको रक्षा गर्न नसक्ने र उल्टै ती नागरिकलाई अपमान गर्दै बजार घुमाउने सरकार नांगो?’

भारतीय क्षेत्र धार्चुलाबाट नेपाल प्रवेश गर्न प्रहरीले नदिएपछि धार्चुलाबाट महाकाली नदीमा हाम्फालेर नेपाल आएका थिए। नांगो अवस्थाका उनलाई प्रहरीले पक्राउ गरेर सहर परिक्रमा गराएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily