काठमाडौं- ‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टममाथि अनधिकृत रुपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ।
प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरुले न्यजु पोर्टलको नयाँ एडमिन सिर्जना गरेका थिए।
सोही आइडीबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोराहरुसँग सम्बन्धित समाचार डिलिट गरिएको थियो।
समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार तथा ई सेवाका सिइओ अलीको नाम पनि जोडिएको थियो।
तर सार्वजनिक रुपमा चौतर्फी दबाब भएपछि सिरान टेक्नोलोजिजले गल्ती स्वीकार गरेको छ।
आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार अनधिकृत रुपमा अर्काको सिस्टममा छिरेर डाटा म्यानुपुलेट गर्ने कामलाई ह्याकिङ भनिन्छ।
यस्तो साइबर अपराधमा संलग्नलाई दण्डित गर्ने कानुनी प्रावधान छ। तर, प्रधानमन्त्रीे आफ्ना आइटी सल्लाहकारलाई संरक्षण गर्छन् कि कानुनी कारबाही गर्छन्? समाजले अवलोकन गरिरहेको छ। जब कि यही देशमा फेसबुकमा कमेन्ट लेख्नेलाई जेल पठाउने गरिएको छ।
प्रतिक्रिया