गाेरखा- युएनडीपिको सहयोगमा गोरखाका विभिन्न स्थानीय तहमा कोरोनाभाइरस कोभिड १९ को संक्रमणबाट बच्न सर्जिकल मास्क, स्यानीटाइजर, पञ्जा र सूचनमूलक सामग्री हस्तान्त्रण गरिएको छ ।
युएनडिपीको सहयोगमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ बाट हुनसक्ने महामारीबाट सचेत हुन र बच्न सर्जिकल मास्क, स्यानीटाइजर, पञ्जा सहित सुचनामूलक सामग्री वितरण गरिएको हो ।
युएनडीपी ले आज गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, पत्रकार महासंघ गोरखालाई हस्तान्त्रण गरिएको हो । यस्तै युएनडीपिले गोरखा नगरपालिका सहित पालुंगटार नगरपालिका, धार्चे,गण्डकी, आरुघाट, सिरानचोक, अजिरकोट र शहिदलखन गाँउपालिकामा उक्त सामग्री वितरण गरेको छ ।
प्रत्येक स्थानीय तहमा ३०० थान मास्क, १०० थान स्यानिटाइजर र १०० थान पन्जा वितरण गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालयमा २५० थान मास्क, १०० थान स्यानीटाइजर र १०० थान पञ्जा वितरण गरिएको छ ।
जिल्लामा कार्यरत पत्रकारका लागि समेत १०० थान मास्क, २५ थान स्यानीटाईजर र २५ थान पञ्जा हस्तान्त्रण गरिएको छ ।
साथै, युएनडिपीले कोरोना भाईरसको संक्रमणबाट जोगिन तथा सचेत रहनका लागि सूचनामूलक सामग्री समेत सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पत्रकार महासंघ गोरखालाई हस्तान्त्रण गरेको छ ।
प्रतिक्रिया