+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक, कस्तो छ विश्वभर पछिल्लो अवस्था?

4KNationalDaily
२०७६ चैत्र २४, सोमबार ०७:०१ बजे

काठमाडौं- संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ। गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ४७ सय २८ जनाको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १८ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यो सोमबार बिहान सवा ६ बजेसम्मको तथ्यांक हो।

आइतबार कोरोनाका ७१ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख ७२ हजार ८ सय ४८ पुगेको छ।

अहिलेसम्म कोरोना संक्रमित २ लाख ६१ हजार ४ सय ८५ जना उपचारपछि निको भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। अहिलेसम्म विश्वका २०८ देशमा यसको संक्रमण फैलिसकेको छ।

अमेरिकामा आइतबार कोरोना संक्रमणबाट ११ सय ६४ जनाको मृत्यु भएको छ। २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ३६ हजार ६ सय ६१ पुगेको छ। संक्रमणबाट अहिलेसम्म ९ हजार ६ सय १५ जनाको मृत्यु भएको छ।

अमेरिकापछि आइतबार स्पेनमा धेरैको मृत्यु भएको छ। स्पेनमा हिजो एकै दिन ६ सय ९४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमणबाट १२ हजार ६ सय ४१ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily