काठमाडौँ- कोरोना भाइरसको संक्रमण रोक्न दुई सातादेखि जारी लकडाउन एक साता थप्ने सरकारको तयारी छ ।
त्यसको लागि निर्णय लिन सोमबार (अाज) मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
सोमबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्ने निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।
मन्त्रिपरिषद् बैठक अगाडि कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि बनेको सङ्कट व्यवस्थान केन्द्र (सिसिएमसी) बैठक बस्नेछ ।
सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा गरेको थियो ।
दोस्रोपटक चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः दोस्रोपटक लकडाउनको अवधि थप सात दिन लम्ब्याएको थियो ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमनमा समेत कडाई गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया