काठमाडौं- सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्वसचिव केशव भट्टराईको नाम सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी ५ वर्षका लागि केन्द्रीय बैंक नेतृत्व गर्ने जिम्मेवारी दिएको थियो।
अर्थमन्त्री नेतृत्वको गभर्नर छनौट समितिले अधिकारीसँग पूर्वसचिव केशव भट्टराई र कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो।
प्रतिक्रिया