+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीलाई यूएईका युवराजले भनेः ढुक्क हुनुहोस् नेपालीलाई यूएईका नागरिकसरह सहयोग गर्छौं

4KNationalDaily
२०७६ चैत्र २५, मंगलवार १०:२१ बजे

काठमाडाैं- युएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले नेपाली कामदारको रेखदेख,सुरक्षा र उपचारमा आफ्ना नागरिक सरह व्यबहार गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार साझ प्रधानमन्त्री केपि शर्मा ओलि संग भएको टेलीफोन संवादमा नाह्यानले नेपालीहरू इमान्दार र परिश्रमी रहेको र उनीहरूले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आफ्ना नागरिक सरह व्यबहार गरिने बताएको युएई स्थित नेपाली दूतावासका राजदूत कृष्ण प्रसाद ढकालले जानकारी दिएका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीहरुको अवस्थाबारे बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले सोमबार यूएईका युवराज नाह्यानसँग फोन वर्ता गरेको ढकालले बताएका छन् ।

युएईमा हाल सम्म १२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा २ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १ जना महिलाको मृत्यु भएको छ ।यस्तै ९ जना नेपालीहरु युएईका विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily