+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले भने–लकडाउन पालना नगर्ने हो भने जोखिम अझै बढ्न सक्छ

4KNationalDaily
२०७६ चैत्र २५, मंगलवार १७:३३ बजे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस विरुद्धको लडाइँमा होमिएको बताएका छन्। नेपालमा अहिलेसम्म ९ जनामा मात्रै संक्रमण भए पनि उच्च जोखिम कायमै रहेको उनले बताएका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रमिक, व्यवसायी र विद्यार्थीमा लकडाउनका कारण परेको प्रभाव प्रति आफू सम्बेदनशील रहेको पनि बताएका छन्।

प्रधानमन्त्री ओलीले लकडाउनलाई पूर्ण पालना नगर्ने हो भने जोखिम अझै बढ्न सक्ने पनि बताए।

सीमित पूर्वाधार र स्वास्थ्य सामग्रीको सीमितताका बीच सेवामा खट्ने स्वास्थ्यकर्मीसहित राष्ट्रसेवकको भूमिका प्रसंशनीय रहेको उनले उल्लेख गरेका छन्।

प्रदेश र स्थानीय तहको भूमिका प्रभावकारी रहेको भन्दै जनप्रतिनिधिको भूमिकाप्रति सम्मान व्यक्त गरेका छन्। उनले स्थानीय समुदाय र सामाजिक संघसंस्थाको भूमिकाप्रति पनि उनले सम्मान व्यक्त गरेका छन्।

नेपालमै कोरोना संक्रमण भएसँगै नेपाल दोस्रो चरणको जोखिममा परेको उनले बताए। प्रधानमन्त्री ओलीले रोकमथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति र सिसिएमसीले काम अघि बढाइरहेको बताए।

पहिचान, परीक्षण र उपचारका लागि ४ वटा संरचना खडा गरिएको उनले बताए। ओलीले सबैको साझेदारीमा सिसिएमसी सञ्चालन हुने पनि उनले बताए।

मुलुकभर २० हजार ५ सय ६६ जनालाई राख्न सक्ने गरी क्वारेन्टाइन तयार रहेको पनि उनले बताए। ९ हजार क्वारेन्टाइनमा रहेको र ३ हजार आइसोलेसन बेड रहेकोमा ९५ जना रहेको पनि उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily