काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरू भएको छ । भौतिक उपस्थितिसहितको सामाजिक दूरीका साथ मंगलबार बेलुका बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट अथवा कोरोना भाइरसको विश्वव्यापी संक्रमण, रोकथाम र उपचारको क्रममा चालिएका कदम र उपलब्धिहरूका बारेमा बैठकलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।
स्वास्थ्य सामग्री खरिद र सरकारका पछिल्ला निर्णयबारे पार्टीभित्र निकै असन्तुष्टि बढेपछि तत्काल सचिवालय बैठक माग गरिएको थियो ।
लकडाउनका बीच सरकारले गरेका पछिल्ला निर्णयका विषयमा पार्टी नेताहरूले सचिवालय बैठक बसाएर स्पष्ट बनाउन ओलीलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया