काठमाडौं- कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । त्यस्तै तीन लाख एक सय ९८ जना निको भएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । यहाँ मृतक संख्या १७ हजार एक सय १७ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ ।
स्पेनमा मृतक संख्या १४ हजार ४५ र संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेको छ ।
संयुक्त राज्य अमेरिकामा मृतक संख्या १२ हजार ८ सय ४४ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ९८ हजार एक सय ८५ पुगेको छ । न्युयोर्कमा मात्र मृतक संख्या पाँच हजार पुगेको छ ।
यहाँ मंगलबार एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या भने एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।
फ्रान्समा मृतक संख्या १० हजार ३ सय २८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङमा बताएअनुसार सात हजार ९१ जनाको अस्पतालमा र तीन हजार दुई सय ३७ जनाको केयर हाउसमा मृत्यु भएको हो ।
प्रतिक्रिया