काठमाडौं- विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा मृत्यु हुनेको संख्या मंगलबार ह्वात्तै बढेको छ ।
यसअघिको तुलनामा अमेरिकामा मृत्युदर बढेको हो । मंगलबार मात्रै त्यहाँ १९ सय ५२ जनाको मृत्यु भएको हो । यो हालसम्मकै उच्च मृत्युदर हो । योसँगै कोरोनाका कारण अमेरिकामा हालसम्म १२ हजार ८ सय २३ को मृत्यु भएको छ ।
मंगलबार ३३ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ लाख नाघेको छ । बुधबार बिहानसम्म त्यहाँ संक्रमितको संख्या ४ लाख ३ सय २३ पुगेको छ ।
विश्वभर मृतकको संख्या ८२ हजार पुगेको छ । संक्रमित हुनेको संख्या १४ लाख २६ हजार नाघेको छ । मंगलबार मात्रै साढे ८० हजार नयाँ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया