+
Search

ताजा अपडेट +

पपुलर +

लिग रद्द भए लिभरपुललाई उपाधि

4KNationalDaily
२०७६ चैत्र २६, बुधबार ०९:५२ बजे

एजेन्सी- युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफेरिनले इङ्लिस प्रिमियर लिग रद्द भएका लिभरपुलले उपाधि जित्ने बताएका छन् ।

कोरोना भाइरसका कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा शंका उब्जिएको छ ।

अध्यक्ष सेफेरिनले लिग सुचारु हुन नसक्दा लिभरपुल स्वत उपाधिको दावेदार रहेको बताए ।

‘प्रिमियर लिग स्थगित हुँदा लिभरपुल नै दावेदार हो । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा २५ अंकले माथि रहेको लिभरपुललाई उपाधि दिँदा उचित हुन्छ । यदि लिग सुचारु भएका लिभरपुललेनै उपाधि जित्ने पक्का छ । मेरो विचारमा कुनैपनि पाटोबाट लिभरपुललाई उपाधिविहिन बनाउन मिल्दैन,’ सेफेरिनले भने ।

सन् १९९० पछि पहिलो पटक उपाधि मुखमा रहेको लिभरपुललाई कोरोना भाइरसका कारण लिग रोकिँदा सबैभन्दा पिर परेको छ । ३० बर्षपछि लिग च्याम्पियन बन्ने योजनामा रहेको लिभरपुललाई लिग सुचारु भए तीन खेल जिते पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily