काठमाडौं- लकडाउनका कारण देशभर रगतको अभाव भएको छ।
जसले गर्दा नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामी र सुत्केरी समस्यामा पर्न थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।
चिकित्सकले उपचारका लागि आवश्यक रगत जुटाउन बिरामीका आफन्तलाई भन्ने गरेका छन्, तर व्यवस्थापन कठिन छ।
ब्लड बैँकमै रगत अभाव हुँदा उनीहरु रगतको खोजीमा भौतारिने गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीका अनुसार सामान्य अवस्थामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब आठ सय युनिट रगत खपत हुन्थ्यो।
लकडाउनयता करिब डेढ सय युनिट मात्रै खपत भइरहेको छ। त्यही पनि सहज व्यवस्थापन हुन सकेको छैन।
प्रतिक्रिया