काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोषको रकम तत्काल कोरोना कोषमा राख्न आग्रह गरेका छन्।
श्रेष्ठले शनिबार एक ट्वीट गर्दै सांसद विकास कोष आवश्यक नरहेको भन्दै त्यसको रकम कोरोना कोषमा राख्न आग्रह गरेका हुन् ।
‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ,’ उनले भनेका छन्, ‘अहिले कोरोना संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोषमा राखौं।’
श्रेष्ठले अबदेखि सांसद विकास कोषमा बजेट नराख्न पनि माग गरेका छन् । ‘यो शीर्षकमा बजेट नराखौं, यो सही छ। निर्णय गरिहालौं,’ श्रेष्ठले भनेका छन्।
मैले पहिले देखि भन्दै आएको छु, साँसद बिकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ।अहिले कोभिड-१९ को सँकटको सन्दर्भमा यसको खर्च नभएको रकम ( ज्यादै कम मात्र खर्च भएको होला) कोभिड-१९ कोषमा राखौं र अबदेखि यो शिर्षकमा बजेट नराखौं ।यो सही छ।निर्णय गरिहालौं ।
— NKShresthaPrakash (@nksthaprakash) April 11, 2020
बर्तमान राष्ट्रिय सँकटको सन्दर्भमा प्रमुख बिपक्षी दल लगायत सबै राजनीतिक सामाजिक शक्तिहरुसङ्ग सरकारले समन्वय गर्नु आवश्यक छ।त्यसैले उच्चस्तरीय समन्वय समितिले यस्तो बैठकको आयोजना गरेको पनि थियो।यसलाई नियमितता दिनु उपयुक्त हुन्छ ,सुझाव लिन र निर्णयहरुको औपचारिक जानाकारी लिन।+
— NKShresthaPrakash (@nksthaprakash) April 11, 2020
प्रतिक्रिया