+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकारलाई ५० थान प्रेस ज्याकेट सहयोग

4KNationalDaily
२०७६ चैत्र ३०, आईतवार १९:०२ बजे

काठमाडौँ- आरफ फार्मेसीले आइतबार प्रेस संगठन नेपाल, काठमाडौं शाखालाई ५० सेट प्रेस ज्याकेटसहित सुरक्षा सामग्री सहयोग गरेको छ।

वीर अस्पताल अगाडिको सो फार्मेसीका सञ्चालक ठाकुर पोखरेलले ज्याकेटसहित ५०० थान मास्क र ५० थान स्यानेटाइजर संगठनको काठमाडौँका शाखाका संयोजक सागर पन्तलाई आइतबार हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरसबाट बचाउन मुलुकमा लकडाउन जारी भएका बेला नियमित समाचार संकलन, प्रस्तुति र सम्पादनमा कार्यरत सञ्चारकर्मीका लागि व्यवसायी पोखरेलले सो सामग्री हस्तान्तरण गरेका हुन्।

संयोजक पन्तले आवश्यकताका आधारमा सञ्चारकर्मीलाई उक्त सामग्री उपलब्ध गराउन थालिएको जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily