+
Search

ताजा अपडेट +

पपुलर +

भोलि बिहान ८ बजे राष्ट्रिय गान गाउन सबैलाई प्रधानमन्त्रीको आग्रह

4KNationalDaily
२०७६ चैत्र ३०, आईतवार १९:२१ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अर्थात वैशाख १ गते राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

उनले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मान स्वरुप भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका हुन् ।

यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् ।

ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन अपील गरेको हो ।

प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily