+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना भाइरसविरुद्ध सबै एकजुट भएर लडौं : देउवा

4KNationalDaily
२०७७ बैशाख १, सोमबार ०६:५० बजे

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबैजना एकजुट भएर लड्न आवश्यक रहेको बताएका छन् ।

उनले आजको चुनौती सामना गर्न कांग्रेसले सरकारलाई हरसम्भव सघाइरहेको पनि बताएका छन् ।

नयाँ वर्ष वि.सं. २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाईसघाइरहेको बताएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily