+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना भाइरसको उपचारका लागि गाेरखा अस्पातालसहित छानिए एक सय ११ अस्पाताल

4KNationalDaily
२०७७ बैशाख १, सोमबार १७:२५ बजे

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देश भरका एक सय ११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुको सूची सार्वजनिक गरेको छ ।

जसमा २५ वटा हब अस्पताल तोकिएका छन् भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी ज्वरो क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् ।

कोभिड १९ महामारीको सन्दर्भमा सरकारले सोमबार कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिक जारी गरेको छ । कोरोना संक्रमणबाहेक अन्य विरामीको उपचारमा लापरवाही र कमजोरी हुन नदिन अस्पतालहरुका लागि निर्देशिका जारी गरिएको हो ।

स्वास्थ्य संस्थासम्म सेवाग्राहीको पहुँचका लागि स्थानीय तहले आवश्यक प्रबन्ध मिलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

कोभिड १९ बाहेक अन्य स्वास्थ्य सेवाहरुलाई निरन्तरता दिनुपर्ने र कुनै पनि बिरामीको उपचार पाउने अधिकार खोसिए सम्बन्धित स्वास्थ्य संस्थामाथि कारवाही हुनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily