+
Search

ताजा अपडेट +

पपुलर +

र्‍यापिड टेष्टमा काभ्रे र धादिङका तीन जनाको रिपोर्ट पोजेटिभ

4KNationalDaily
२०७७ बैशाख २, मंगलवार १८:२५ बजे

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्टमा र्‍यापिड टेष्टमा काभ्रे र धादिङका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । पिसिआर प्रविधिबाट परीक्षण गरेपछि उनीहरुमा कोरोना संक्रमण भए/नभएको पुष्टि हुनेछ ।

काभ्रेको बेथानचोक गाउँपालिकाका २८ वर्षीय र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको हो । बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि दुवै जनालाई धुलिखेल अस्पताल ल्याइएको छ भने उनीहरूको धुलिखेल अस्पतालमै स्वाब परीक्षण गरिने भएको छ ।

त्यस्तै हालै कोरिायाबाट आएका धादिङको ज्वालामुखी गाउँपालिकाका ती व्यक्तिलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

ती व्यक्ति कोरियाबाट आएको एक महिनाभन्दा बढी समय भइसकेको र घरमै होम क्वारेन्टाइनमा रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily