काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारी तलब भत्ता नलिने ठूला नेताको विलासी रहनसहन र चुनाव कसरी चल्छ भनेर प्रश्न गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका प्रवत्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले आफ्नो पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेसँगै डा.भट्टराईले यस्तो प्रश्न गरेका हुन् ।
उनले चुनावको खर्च र विलासी रहनसहन कसरी चल्न त्यो बताउँदा राम्रो हुने पनि बताएका छन्
भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘प्रमलगायत कतिपय बढे नेताहरुले आफ्नो तलब–भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने१) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?
प्रतिक्रिया