काठमाडौं- सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको समयमा दिइने पासमा थप कडाई गरेको छ ।
मंगलबारदेखि अति आवश्यक सवारी साधन सञ्चालनका लागि घरमै बसेर ई–पास लिग्न सक्ने व्यवस्था सुरु गरेको सरकारले अर्को दिनदेखि नै थप कडाई गरेको हो ।
यसअनुसार खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक काम परेमा सवारीसाधनले epass.moha.gov.np मा गएर अनलाइनमा माग भएको विवरण भरेर सवारी साधन ई– पास लिन सक्ने व्यवस्था थियो ।
तर, बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै मृत्यु संस्कारमा जानेलाई मात्रै पास दिइने जनाएको छ ।
पासको माग अत्याधिक बढ्नुका साथै लकडाउन उल्लङघन हुने भएकाले पासमा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा भनिएको छ, ‘२०७७ बैशाख ३ गतेदेखि आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रायोजनका लागि पास जारी नहुने व्यहोरो जानकारी गराइन्छ ।’
प्रतिक्रिया