काठमाडौं- कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १ जनाको नमूना परीक्षण भएको छ। शनिबार नयाँ संक्रमित भेटिएको छैन।
२४ घण्टामा ६ सय २ जनाको पिसिआर र २ हजार ८ सय ९९ जनाको आरडीटीबाट कोरोनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कोरोनाको परीक्षणको संख्या २७ हजार ४ सय ७१ पुगेको छ। १९ हजार ४ सय ५४ को आरडिटीबाट र ८ हजार ६७ जनाको पिसिआरबाट कोरोनाको परीक्षण भएको मन्त्रालयलका प्रवक्ता डा विकास देवकोटाले बताए।
शुक्रबार थप १४ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३० पुगेको छ। जसमध्ये दुई जना उपचारपछि निको भएर घर फर्किएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भई दोस्र्रो संक्रमित शनिबार घर फर्किएको मन्त्रालयले जनाएको छ। बाँकी २८ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।
प्रतिक्रिया